Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोभिड उपचारमा महत्वपूर्ण औषधि रेम्डेसिभिर नेपालमै उत्पादन हुने

कोभिड उपचारमा महत्वपूर्ण औषधि रेम्डेसिभिर नेपालमै उत्पादन हुने

काठमाडौं, ६ जेठ । कोभिड–१९ संक्रमितको उपचारका लागि प्रयोग गरिने महत्वपूर्ण औषधि रेम्डेसिभिर नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएसँगै उक्त औषधिको उत्पादन नेपालमै हुने भएको हो ।

रेम्डेसिभिर उत्पादन गर्न वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको विभागका सूचना अधिकारी सन्तोष केसीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको बताइएको छ ।

यसअघि नेपालमा सो औषधि भारत र बंगलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य करीब ५ हजार पर्छ । नेशनल हेल्थ केयरका उपाध्यक्ष अजय पाण्डेले अनुमति पाइसकेपछि चीनबाट कच्चा पदार्थ ल्याउने तयारी गरिएको बताएका छन् । यही जेठ १७ गतेसम्म औषधिका लागि कच्चा पदार्थ ल्याइने र १५ दिनपछि उत्पादन गरेर बजारमा पु¥याइने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x