Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कोभिड उपचारमा सहज बन्दै अक्सिजन आपूर्ति

कोभिड उपचारमा सहज बन्दै अक्सिजन आपूर्ति

काठमाडौं, ८ जेठ । कोभिडका गम्भीर बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजनको अभाव केही दिनअघिसम्म चरम रूपमा रहेकोमा पछिल्ला दिनमा सहज बन्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आपूर्तिको जिम्मा सीसीएमसीबाट आफूले लिएको र अस्पतालहरूलाई लागू गरिएको कोटा प्रणाली पनि खारेज गरेपछि अक्सिजन अभाव तुलनात्मक रूपमा सहज हुन थालेको हो ।

सरकार मातहतका ठूला अस्पताल, त्रिवि शिक्षण, टेकु, पाटन, ट्रमा, वीर अस्पतालका साथै निजीक्षेत्रका अस्पतालले अक्सिजन आपूर्तिमा सुधार भएको बताएका छन् । यसबीचमा, विभिन्न निकायबाट अक्सिजन, अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर लगायत सामग्री उपलब्ध हुने क्रम समेत बढेको छ ।

केही दिनअघि मात्रै चीनको तीब्बत सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन ,८०० थान अक्सिजन भरिएको सिलिन्डर, सिचुवान प्रान्तले २०० थान अक्सिजन जेनेटरेर, अक्सिजनसहितको ८ सय सिलिन्डर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ५ वटा भेन्टिलेटर सहयोगस्वरूप प्रदान गरेका छन् । चीनको संघीय सरकारले दिने २० हजार अक्सिजन सिलिण्डरमध्ये दुई लटमा १ हजार आएका छन् भने अन्य आउने क्रममा छ ।

निजीक्षेत्र, सामाजिक अभियन्ता, गैरआवासीय नेपाली संघका साथै विभिन्न अन्तरर्राष्ट्रिय नियोगको पहलमा अक्सिजन सिलिण्डर उपलब्ध गराउने कार्य भइरहेको छ । यस्तै नेपाली व्यापारीले चीनको स्थलमार्ग हुँदै सोमवार १८ हजार अक्सिजन सिलिन्डर चिनियाँ कन्टेनरमार्फत भित्र्याएका छन् । तीमध्ये कतिपय भन्सार जाँचपास भएर आइसकेका छन् भने केही आउने क्रममा रहेको बताइएको छ ।

यसैगरी अक्सिजन आपूर्ति सहज बनाउन मुलुकका विभिन्न अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम भने तीव्ररूपमा भइरहेको छ । गत आइतवार मात्रै अर्थ मन्त्रालयले अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक स्थापनकाा लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँ दिने सहमति गरेको छ ।

यसैबीच, संक्रमण बढेपछि अक्सिजन ग्यासको अभाव हुन नदिन उद्योगीहरूले भारतबाट वीरगञ्जको बाटो गरी ठूलो सानो गरी पाँच बुलेट नेपाल भित्र्याएका छन् । काठमाडौंको शङ्कर ग्यास उद्योगले भारतबाट लिक्विड अक्सिजनको बुलेट नेपाल भित्र्याएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ । उद्योगले लिक्विड अक्सिजन ल्याएर अस्पताललाई दिने गर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x