Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

खाद्यान्नमा चुलिँदै परनिर्भरता, ९ महिनामा चामल मात्रै ४ लाख मेटन आयात

खाद्यान्नमा चुलिँदै परनिर्भरता, ९ महिनामा चामल मात्रै ४ लाख मेटन आयात

काठमाडौं, ९ वैशाख । मुलुकको जनसंख्याको दुई तिहाइभन्दा बढी जनसंख्या कृषिमै निर्भर रहेको र कुल गार्हस्थ्य उत्पादनमा समेत सबैभन्दा धेरै योगदान दिने कृषिमा आत्मनिर्भरता भने बढ्न सकेको छैन । कृषि उत्पादकत्व र उत्पादन बढाउने ठोस नीति तथा कार्यक्रमको अभाव, भएका कार्यक्रमको सुस्त कार्यान्वयन र जीडीपीको तुलनमा कृषिक्षेत्रको बजेट बढ्न नसक्दा मुलुक कृषिवस्तुमा आत्मनिर्भर उन्मुख हुन नसकेको सरोकारवालाहरू बताउँछन् ।

सरकारी तथ्यांकले पछिल्ला वर्षहरूमा मुख्य खाद्यान्न उत्पादनको उत्पादन बढेको देखाए पनि आयातको ग्राफ भने चुलिँदै गएको छ । यसमध्ये पनि धान चामलको आयात वृद्धिदर कहालीलाग्दो रूपमा रहेको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा मात्रै ४ लाख २३ हजार मेट्रिक टन (मेटन) चामल आयात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ प्रतिशतले बढी हो हो । गत आवको चैत मसान्तसम्ममा २ लाख ९२ हजार मेट्रिक टन चामल भित्रिएको थियो ।

यस्तै चालू आवको चैत समान्तसम्ममा ५ लाख ४६ हजार मेट्रिक टन धान आयात भएको छ । गत आवको सोही अवधिमा २ लाख ४७ हजार मेट्रिक टन धान आयात भएको तथ्यांकले देखाएको छ । नेपालमा धान चामलको मात्र नभई कनिकाको आयात समेत ४ गुणाभन्दा धेरैले बढेको छ । विभागका अनुसार चालू आवको साउनदेखि चैतसमम्ममा ८२ हजार १८७ मेट्रिक टन कनिका आयात भएको छ, जुन गत आवको यसै अवधिमा १७ हजार ७११ मेट्रिक टन मात्र भित्रिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x