एनएमबि बैंकको उर्जा ऋणपत्र बिक्री खुला
काठमाडौं, ९ जेठ । एनएमबि बैंकले आजदेखि १ अर्ब ५० करोड रुपैयाँ बराबरको उर्जा ऋणपत्र बिक्री खुला गरेको हो । प्रतिइकाई १ हजार रुपैयाँको दरमा १५ लाख इकाई ऋणपत्र जारी गरेको हो ।
यसमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ । बाँकी ६ लाख इकाई सर्वसाधारणले आवेदन दिन सक्नेछन् । एनएमबिले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४५ – २०९२–९३’ जारी गरेको हो ।
यो ऋणपत्रमा वार्षिक ४ प्रतिशत ब्याजदर पाइनेछ । बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गरेको छ । एनएमबिको उर्जा ऋणपत्रमा जेठ १२ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ २२ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।