Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति र कल निक्षेपमा ६४ करोड ६३ लाख लगानी गर्ने

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति र कल निक्षेपमा ६४ करोड ६३ लाख लगानी गर्ने

काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति र कल निक्षेपमा ६४ करोड ६३ लाख ५९ हजार रुपैयाँ लगानी गर्ने भएको छ । लघुवित्त संस्था सुपरिक्षण विभागबाट सञ्चालित विभिन्न अयोजनाहरुको कोषमा रहेको रकम लगानी गर्न लागेको हो ।

बैंकले मुद्दति निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रुपैयाँ लगानी गर्न लागेको जनाएको छ । १ वर्षे मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागेको हो । बैंकलेराष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति तथा कल निक्षेपमा लागानी गरिने उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाइ आवेदन दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ । बैंकले यही जेठ ११ गते बेलुका ४ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन सूचनामार्फत आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x