Date

बिहि, साउन १, २०८२
Thu, July 17, 2025

सिद्धबाबा सडकखण्डमा सुरुङमार्गको बोलपत्र आह्वान, १० अर्ब १५ करोड बजेट सुनिश्चित

सिद्धबाबा सडकखण्डमा सुरुङमार्गको बोलपत्र आह्वान, १० अर्ब १५ करोड बजेट सुनिश्चित

काठमाडौं, ९ जेठ । सरकारले सिद्धार्थ राजमार्गको सिद्धबाबा सड खण्डमा सुरुङमार्ग बनाउन बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले उक्त सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान गरेको हो ।

सुरुङमार्ग निर्माणका लागि सरकारले यसअघि स्वीस सरकारको सहयोगमा सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरिसकेको छ भने अर्थ मन्त्रालयले १० अर्ब १५ करोड रुपैयाँ बजेटको सुनिश्चितता गरिसकेको छ ।

उक्त सडक खण्डमा एउटा दोहोरो लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्ग निर्माणका लागि मन्त्रालयले ग्लोबल टेन्डर आह्वान गरेको हो । पैतालीस दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले सुरुङ निर्माणका सबै प्रक्रिया सकेर समयमै काम शुरू हुने बताए । आयोजना निर्धारित मितिमै सम्पन्न हुनेसमेत जानकारी उनले दिएका छन् ।

उक्त सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै बेनीसम्म गाडी चल्ने गर्छन् । माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करीब चार किलोमिटर क्षेत्र पहिराको अत्यधिक जोखिममा छ । त्यसैलाई दृष्टिगत गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको १ हजार ३०० मिटर क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *