Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

जनता बैंकको नयाँ निक्षेप योजना

जनता बैंकको नयाँ निक्षेप योजना

काठमाडौं, ७ चैत । जनता बैंकले नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले बिमा सुबिधा सहितको बचत योजना जनता सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको हो ।

न्युनतम मौज्दात १० हजार रुपैयाँमा खाता खोल्न सकिने यस योजनामा बार्षिक ७ प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध गरीने व्यवस्था गरीएको बैंकले जनाएको छ । साथै बचतकर्ताको १० लाख रुपैयाँसम्मको दुर्घटना बिमा गरिएको र बिरामी भइ अस्पताल भर्ना हुनु पर्दा १ लाख रुपैयाँसम्मको उपचार खर्च ५ हजार सम्मको उपचार खर्चको विमा गरिएको छ । अन्य खाताहरुमा जस्तै यसमा पनि एटियम, एबिबिएस, इन्टरनेट बैंकिङ, मोबायल बैंकिङ र सि आस्वा सुविधा रहेको छ ।

बैंकले हाल देशभरीबाट ९८ शाखा, १३ शाखा रहित बैंकिङ, ३ सिमित बैंकिङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटियम बाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x