Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसीले नेशनल लाइफ र महुली लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्री गर्दै

एनआईसीले नेशनल लाइफ र महुली लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्री गर्दै

काठमाडौं, १३ जेठ । एनआईसी एशिया बैंकले नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्थाको आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ। बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता र महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

शेयर खरिदका लागि योग्य लगानीकर्ताले यही जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ । नेशनल लाइफको न्यूनतम मूल्य ५१७ र महुलीको ८०० रु्रपैयाँ शेयर मूल्य तोकिएको छ ।
तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

नेशनल लाइफ इन्स्योरेन्स शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र महुली लघुवित्तको ५०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यसको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x