Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

यी हुन् सबैभन्दा बढी नाफा कमाउँने ५ सरकारी संस्थान

यी हुन् सबैभन्दा बढी नाफा कमाउँने ५ सरकारी संस्थान

काठमाडौं, १४ जेठ । आर्थिक वर्ष २०७६/७७ मा ५ वटा सार्वजनिक संस्थानले ४१ अर्ब ४१ करोड १४ लाख रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । अर्थमन्त्रालयले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्ष २०७८’ अनुसार नेपाल आयल निगम, विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पननी, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडले उक्त नाफा कमाएका हुन् ।

सबैभन्दा बढी नेपाल आयल निगमले १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै दोस्रोमा नेपाल विद्युत प्राधिकरण रहेको छ । प्राधिकरणले ११ अर्ब ३ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी नेपाल दुरसञ्चार कम्पनीले ९ अर्ब ७४ करोड ९० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ४ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ र कृषि विकास बैंकले ३ अर्ब ३३ करोड १८ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x