Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

प्रभु सेलेक्ट फण्ड बाँडफाँड

प्रभु सेलेक्ट फण्ड बाँडफाँड

काठमाडौं, १४ जेठ । प्रभु सेलेक्ट फण्डमा आवेदन दिने ८५ हजार ५ सय ५५ आवेदकमध्ये ८२ हजार १ सय ५२ जना आवेदकहरुलाई प्रभु सेलेक्ट फण्डको इकाई बाँडफाँड गरिएको छ । न्यूनतम १०० इकाई देखि १० लाख इकाईसम्म आवेदन गर्ने सबैलाई माग अनुसार कै इकाईहरु बाँडफाँड गरिएको छ ।

१० लाख इकाईमाथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाईहरु बाँडफाँड गरिएको छ । जेष्ठ ५ गतेदेखि ९ गते सम्म सार्वजनिक निष्कासन गरिएको प्रभु सेलेक्ट फण्डमा १० करोड इकाईको निष्कासन गरिएकोमा निष्कासनको करिब २ गुणासम्म आवेदन परेपछि स्वीकृत विवरण पत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार प्रभु सेलेक्ट फण्डको आकार १२ करोड ५० लाख इकाई अर्थात रु. १ अर्ब २५ करोडको भएको छ ।

सो मध्ये सर्वसाधारण लगानीकर्ताहरुलाई १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ । फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ प्रतिशत अर्थात रु. १७ करोड ५० लाख बराबरको १ करोड ७५ लाख इकाई र योजना व्यवस्थापक प्रभु क्यापिटललाई रु. १ करोड २५ लाख वापत १२ लाख ५० हजार इकाई सुरक्षित गरी बाँडफाँड गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x