सामुदायिक वन उपभोक्ता महासंघद्वारा २५ वर्षे मार्गचित्र तयार, आत्मनिर्भरता र दिगो विकासमा जोड
काठमाडौं, १४ जेठ । सामुदायिक वन उपभोक्ता महासंघले २५ वर्षे मार्गचित्र तयार पारेको छ । उक्त मार्गचित्रमा आत्मनिर्भरतादेखि दिगो विकासको सैद्दान्तिक अवधारणा अपनाउने बताइएको छ । समूहको अधिकार सुरक्षित गर्दै थप सशक्त बनाउन निरन्तर पैरवी अभियान सञ्चालन गर्ने र तथ्य प्रमाणमा आधारित पैरवी अभियानका लागि ज्ञान निर्माणमा सुदृढीकरण गर्ने जानकारी दिइएको छ ।
मार्गचित्रमा सबै खाले नागरिक तथा सामाजिक अभियानप्रति ऐक्यवद्धता गर्ने कार्यमा निरन्तरता दिने, वन तथा प्राकृतिक श्रोतसँग सम्बन्धित प्रशासनयन्त्रमा लोकतान्त्रिकरण स्थापित गराउनमा सहयोग गर्ने, सामुदायिक वन सम्बन्धी ज्ञानलाई संगठित र सुदृढीकरणका लागि सामुुदायिक वन श्रोत केन्द्रको सवलीकरण गर्ने पनि उल्लेख छ । सामुदायिक वनबाट सिर्जना हुन सक्ने आर्थिक संभाव्यताको विस्तृतीकरण गर्ने पनि जनाइएको छ ।
दिगो वन व्यवस्थापन पद्धतिको अभ्यास अपनाउन जोड दिने, वन तथा कृषिलाई एकीकृत रुपमा व्यवस्थापन गर्ने प्रणालीको प्रवद्र्धन गर्ने । कोभिड १९ लगायत विभिन्न किसिमका प्राकृतिक प्रकोप र महामारीबाट प्रभावित समुदायहरुलाई राहत तथा सहयोग परिचालन गर्नका लागि कोषको स्थापना गरी संचालन गर्ने, निर्धारित प्राथमिकताहरु हासिल गर्न महासंघ भित्र विभिन्न रणनीति र कार्यशैली अपनाइने बताइएको छ ।