Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

निफ्राद्वारा कोभिड प्रतिकार्यका लागि ४९ लाख सहयोग

निफ्राद्वारा कोभिड प्रतिकार्यका लागि ४९ लाख सहयोग

काठमाडौं, १४ जेठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)बाट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषअन्तर्गत कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सातवटै प्रदेशका अस्पताल÷आइसोलेसन केन्द्रहरूलाई रू. ४९ लाख सहयोग गरेको छ ।

निफ्राले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर)को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरूलाई प्रति अस्पताल÷आइसोलेसन केन्द्र ७ लाखका दरले रकम सहयोग गरेको हो ।

उक्त सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी समय समयमा बिभिन्न संघसंस्था लाई सहयोग गर्दै आएको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *