विद्युतीय सवारी एसेम्बल कम्पनीका लागि कर सहुलियत, निःशुल्क जग्गा

काठमाडौं, १५ जेठ । आगामी आर्थिक नेपालमा स्थापना हुने विद्युतीय सवारीसाधन निर्माण गर्ने कम्पनीका लागि कर लगायतमा सहुलियतका साथै उद्योग स्थापनाका लागि निःशुल्क रुपमा जग्गा उपलब्ध गराइने भएको छ । विद्युतीय सवारीसाधनको प्रवद्र्धनका लागि सरकारले आगामी आवको बजेट भाषणमार्फत उक्त घोषणा गरेको हो ।