Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गुगल प्लस कोड अद्यावधिक गर्ने मुक्तिनाथ विकास बैंक पहिलो

गुगल प्लस कोड अद्यावधिक गर्ने मुक्तिनाथ विकास बैंक पहिलो

काठमाडौं, १६ जेठ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो सबै कार्यालयहरुको स्थान पहिचान गर्न गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाईप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । यस्तो कोड अद्यावधिक गर्ने मुक्तिनाथ विकास बैंक नेपालको पहिलो बैंक बनेको छ ।

गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान जनाउने कोड हो । सो कोडको प्रयोगले खोजेको स्थानको ढोका सम्मै पुग्न सकिन्छ । यो व्यवस्थाले बैंकको कार्यालय सम्म पुग्न चाहने महानुभावहरुलाई अझ सहज हुनेछ । यो कोड सम्बन्धित कार्यालयमा फोन गरेर वा बैंकको वेवसाईटमा शाखाको विवरण रहेको स्थानमा हरेक शाखाको कोडहरु उपलब्ध गराइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x