चेम्बर र चिकित्सक संघद्वारा टेली मेडिसिन सेन्टरको सुरुवात

काठमाडौं, १६ जेठ । नेपाल चेम्वर अफ कमर्स र नेपाल चिकित्सक संघद्वारा संयुक्त रुपमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ‘टेलिमेडिसिन सेन्टर अन कोभिड(१९’ संचालनमा आएकोे छ । उक्त सेन्टरको शुभारम्भ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले संयुक्त रुपमा गरेका हुन् ।
उक्त कार्यक्रममा चेम्वरका अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोभिड(१९ बाट प्रभावित भएका व्यक्तिहरुले विदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने बताए । यस कार्यले महामारी व्यवस्थापनमा सहयोग पुग्ने उनको विश्वास छ ।
यस केन्द्र संचालनका लागि साल्ट टे«डिङ्ग कर्पोरेशन तथा इश्वरलाल प्रतिष्ठानको पनि सह प्रायोजन रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीले ‘मेरो डाक्टर एप डाउनलोड गर्न सकिने र उक्त एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा होल्पमा गई यस वारे आवश्यक जानकारी प्राप्त गर्ने सक्ने छन् ।