Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

शेयर कारोबार रकममा पुनः नयाँ रेकर्ड, १७ अर्बभन्दा बढीको शेयर कारोबार

शेयर कारोबार रकममा पुनः नयाँ रेकर्ड, १७ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं, १६ जेठ । साताको पहिलो कारोबार दिन आइतबार (आज) १७ अर्ब २ करोड ८४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । गत कारोबार दिन बिहीबार करिब १५ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा यस दिन करोबार रकम २ अर्बभन्दा बढीले वृद्धि भएको हो ।

आज नेप्से परिसूचक १२.५४ अंकले वृद्धि भएर २८२७.९३ विन्दुमा रोकिएको हो । २१९ कम्पनीको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर खरिद विक्री भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ३.३५ अंकले वृद्धि भएर ५०७.०५ विन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये ६ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । आज विकास बैंक समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ७.३९ प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि ज्योति विकास बैंक लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज यो बैंकको शेयर मूल्य ३६३ रुपैयाँ भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *