Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

जेठ २५ देखि राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला गरिने

जेठ २५ देखि राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला गरिने

काठमाडौं, १७ जेठ । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

त्यसमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिने छ भने बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंकले ६ वर्ष अवधि भएको आरबीबीएल डिबेन्चर २०८३ जारी गर्न लागेको हो ।

यो ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याज पाइने र्बैंकले जनाएको छ। ऋणपत्रमा जेठ २८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा असार ८ गतेसम्म बिक्री खुला हुनेछ । यसको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x