आरम्भ माइक्रोफाइनान्सको प्राथमिक शेयर सुचिकृत
काठमाडौं, ८ चैत । आरम्भ माइक्रोफाइनान्सको प्राथमिक शेयर बुधबारदेखी नेप्सेका सुचिकृत भएका छन् । माइक्रोफाइनान्सको ६ लाख कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो । माइक्रोफाइनान्सले फागुन १५ देखी २१ गतेबाट प्राथमिक शेयर निष्कासन गरेको थियो ।
आरम्भ माइक्रोफाइनान्सको केन्द्रिय कार्यलय काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको छ । माइक्रोफाइनान्सले १५ शाखाहरुमार्फत लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । यस माइक्रोफाइनान्सको चुक्ता पुँजी हाल ३ करोड ६ लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्कासन पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्ने बताइएको छ ।