Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

केही खुकुलो बनाउँदै उपत्यकाको निषेधाज्ञा एक साता थपिने

केही खुकुलो बनाउँदै उपत्यकाको निषेधाज्ञा एक साता थपिने

काठमाडौं, १९ जेठ । काठमाडौं उपत्यकामा केही खुकुलो बनाउँदै पुनः एक साता निषेधाज्ञा थपिने भएको छ । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि उपत्यकामा यही १४ देखि २० गते राति १२ बजेसम्का लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीको मंगलवारको बैठकले १४ गते अघिको स्थितिमा कायम रहने गरी २० गतेदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको हो ।

आज (बुधवार) बैठक बसेर उक्त निर्णय गरिने बैठकमा सहभागि भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान ९ बजेसम्म सञ्चालन गर्न दिइने, विकास निर्माणका काम आवासीय रूपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने, निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर सवारी साधनमा ओसारपसार गर्न दिइनेलगायतका निर्णय हुनेछन् । यही १४ गते थपिएको आदेशमा भने यी सबै गतिविधिमा रोक लगाइएको थियो । खाद्यान्न पसल बन्द भएपछि प्रशासनले आवश्यक पर्नेहरूलाई स्थानीयस्तरमै खाद्यान्न उपलब्ध गराउने बताएको थियो ।

आदेशका अन्य प्रावधान भने यथावत् रहने बताइएको छ, जसअनुसार अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि लागू हुने गरी आदेश जारी गरिएको थियो । एक महिना वित्दा पनि कोरोना संक्रमण अपेक्षित रूपमा घट्न सकेको छैन । तर पछिल्ला दिनमा भने घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । मुलुकभर नै संक्रमण घट्दो क्रममा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x