परिसूचक घटेसँगै शेयर कारोबार रकममा पनि कमी
काठमाडौं, १८ जेठ । मंगलबार शेयर बजार ११.६८ अंकले घटेर बन्द भएको छ । हिजो पनि घटेको बजारमा आज ०.४२ प्रतिशत घटेर २७७१.१५ विन्दुमा रोकिएको हो ।
आज कारोबार रकमम पनि कमी आएको छ । हिजो १३ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज ८ अर्ब ५९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकम ५ अर्बले कमी आएको हो । २१६ कम्पनीको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर खरिद विक्री भएको छ ।
आज कारोबारमा आएका १३ समूमध्ये विकास बैंक, वित्त र अन्य समूहको परिसूचक वृद्धिको छ भने बाँकी समूहको परिसूचक घटेको छ । विकास बैंक समूहको परिसूचक ०.५९ प्रतिशतले वृद्धि भएको छ भने वित्त समूको ०.११ प्रतिशत र अन्य समूहको परिसूचक ०.७ प्रतिशतले वृद्धि भएको छ ।
आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ५७ करोड ८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १६३१ रुपैयाँ कायम भएको छ ।
आज सर्वाधिक शेयर मूल्य वृद्धि कालिका पावर कम्पनी लिमिटेडको भएको छ ।