Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

बजेटले हस्तकलाको विकासका लागि दिएका नीति सकारात्मक रहेको हस्तकला महासंघको ठहर

बजेटले हस्तकलाको विकासका लागि दिएका नीति सकारात्मक रहेको हस्तकला महासंघको ठहर

काठमाडौं, २० जेठ । नेपाल हस्तकला महासंघले नेपालको सरकारले आगामी आर्थिक वर्षको बजेटलाई सकारात्मक भनेको छ । महासंघले हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको हो ।

महासंघले बजेटले सीपमूलक तालिमको व्यवस्था, उद्योग व्यवसाय सञ्चालनका लागि स्टार्टअफ ऋणको व्यवस्था, कर सहुलियत व्यवस्था, पुनर्कर्जा कोषको निरन्तरता, महिला तथा युवालाई उद्यमशीलताका लागि बजेटलगायतका व्यवस्था गरेकाले सकारात्मक रहेको जनाएको छ।

महासंघले बजेटको कार्यान्वयनमा जोड दिएको छ। व्यवसायीका मागलाई बजेटमा सम्बोधन गरिएपनि कार्यान्वयन निकै फितलो रहने गरेको महासंघको गुनासो छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *