दया फाउन्डेशनले विभिन्न अस्पताललाई चिकित्सा उपकरण प्रदान
काठमाडौं, २० जेठ । दया फाउण्डेशनले कोरोना महामारीमा नियन्त्रणमा सघाउन विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न चिकित्सा उपकरणहरु प्रदान गरेको छ ।
संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटनअस्पताल,नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेशन सेण्टरमा हालसम्म ६ थानहाई फ्लो नेशलक्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थानथर्मल गन, १५ थान अक्सिमिटर साथै १ हजार थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको जनाइएको छ।
दया फाउण्डेशन समाजसेवी स्व.दयाराम भक्त माथेमाको स्मृतिमा उनको परिवारद्वारा पारिवारिक ट्रस्टको रुपमा समाज सेवाको लालि सन् २००९ मा स्थापित संस्था हो । यसले शिक्षा, स्वास्थ्य र संस्कृतिमा सहयोग गर्दै आएको छ ।