Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

८५ प्रतिशतले बढ्यो चिया र फेल्टका उत्पादन निकासी

८५ प्रतिशतले बढ्यो चिया र फेल्टका उत्पादन निकासी

काठमाडौं । मुलुकको निर्यातयोग्य वस्तुमा शीर्ष १० स्थानमा पर्ने चिया र फेल्टका उत्पादन निकासी उत्साहजनक रूपमा बढेको पाइएको छ । कोरोना महामारीकै बीच यी दुई वस्तुको निकासी बढ्दा समग्र निर्यात व्यापारमा ६.२० प्रतिशतको योगदान पुगेको छ ।

भन्सार विभाग र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो १० महिनामा उक्त वस्तुको निकासी औसत ८५ प्रतिशतले बढेको छ । वैशाख मसान्तसम्ममा नेपालबाट निर्यात गत आवसको सोही अवधिको तुलनामा ८०.८९ प्रतिशत र फेल्टका उत्पादनको निकासी ९७.९० प्रतिशतले वृद्धि भएको हो ।

सो अवधिमा विभिन्न मुलुकमा १ करोड ५४ लाख केजी परिमाणको ३ अर्ब ३८ करोड २ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ । गत आवको सोही अवधिमा ७७ लाख ५६ हजार केजही परिमाणको १ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ बराबरको निया निर्यात भएको थियो ।

यसैगरी वैशाख मसान्तसम्ममा कुल ३ अर्ब ३४ करोड ८ लाख रुपैयाँ बराबरको फेल्टका उत्पादन निर्यात भएको छ । गतवर्षको यसै अवधिमा यो १ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ बराबरको निकासी भएको तथ्यांकले देखाएको छ ।
नेपाली चिया भारतसहित अमेरिका, जर्मनी लगायत युरोपेली मुलुकमा निर्यात हुने गरेको छ । यस्तै फेल्टका उत्पादन पनि विशेषगरी युरोपली देशमा निकासी हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x