Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

कल्याणपुर नगरपालिकालाई माछापुच्छ्रे बैंकको स्वास्थ्य सामाग्री सहयोग

कल्याणपुर नगरपालिकालाई माछापुच्छ्रे बैंकको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं, २४ जेठ। माछापुच्छ्रे बैंकले सिराहा जिल्लाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको हो ।

जेठ २३ गते आइतबार बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले उक्त स्वास्थ्य सामाग्री कल्याणपुर नगरपालिकाका कार्यबाहक मेयर रोहिणी कुमारी यादवलाई हस्तान्तरण गरेका हुन् । बैंकले नगरपालिकामा देखिएको कोरोना जोखिम न्यूूनिकरण तथा संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन सेन्टरका लागि आवश्यक स्वास्थ्य सामाग्रिहरु जस्तै अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, स्यानिटाइजर डिस्पेन्सर, अक्सिमिटर, सर्जिकल मास्क, लगायतका सामाग्रिहरु हस्तान्तरण गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्षदेखि महामारीको रुपमा फैलिदै गएको कोरोना भाईसरको जोखिम न्यूनिकरण तथा संक्रमितको उपचारमा राहत पुगोस भन्ने उद्धेश्यका साथ नेपाल सरकार, प्रदेश सरकार तथा, स्थानिय संघसंस्थालाई विभिन्न समयमा विभिन्न सहयोगहरु गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x