चुरेबाट एक डोको पनि ढुंगा, गिट्टी र बालुवा नउठाउने अर्थमन्त्रीको प्रस्टोक्ति
काठमाडौं, २४ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरेबाट एक डोको पनि ढुंगा, गिट्टी, बालुवा नउठाउँने प्रष्ट पारेका छन् । आज आयोजित आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट कार्यान्वयन सम्बन्धि छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन ।
सरकारले आगामी वर्षको बजेट मार्फत ढुंगागिट्टी र बालुवाको निकासी खुला गर्ने घोषणा गरेसँगै चुरे क्षेत्र मासिने भन्दै त्यसको चौतर्फी विरोध भइरहेको छ। उनले चुरेको संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको बताए । कुनै प्रकारले उत्खनन नगर्ने र सम्पूर्ण रुपमा संरक्षण गर्ने दृष्टिकरण सरकारको रहेको भन्दै चुरे संरक्षण सरकारको मुल उदेश्य भएको प्रष्ट पारे ।
पहाडलाई संरक्षण गर्नका लागि सरकारले वृक्षरोपणको नीति लिएको भन्दै राम्रो बजेटमा खोट लगाउन विषय अतिरञ्जित गरिएको आरोप लगाए ।
यस्तै सो कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन हुनेमा कुनै अशांका नगर्न पनि सबैलाई आग्रह गरे ।