
काठमाडौं, २४ जेठ । नेपाल वायुसेवा निगमले हवाई भाडा घटाएको छ। विभागले वाइडबडीको भाडामा १३ प्रतिशत र न्यारोबडीको १५ प्रतिशतसम्म भाडा कटौती गरेको जानकारी दिएको छ।
नेपाल आयल निगमले हिजो राती १२ बजेदेखि लागु हुने गरी हवाई इन्धनको मूल्यमा २० प्रतिशत कटौती गर्ने गरेसँगै निगमले पनि भाडादर कटौती गरेको हो । निगमले हवाई इन्धनबाट पाक्षिक १ करोड ५० लाख नाफा आर्जन गरिरहेको थियो ।
Leave a Reply