Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

सोमबार २२१ कम्पनीको १५ अर्ब ८१ करोडको शेयर कारोबार

सोमबार २२१ कम्पनीको १५ अर्ब ८१ करोडको शेयर कारोबार

काठमाडौं, २४ जेठ । सोमबार उतारचढावका बीच शेयर बजार परिसूचक नेप्सेमा झिनो अंकले घटेर बन्द भएको छ। नेप्से ०.२१ अंकले घटेर २९०६.७० विन्दुमा थामिएको छ। आइतबार पनि नेप्से २९०६.८९ मा थामिएको थियो ।

कारोबारमा आएका १३ समूह मध्ये ६ समूहको सूचकमा गिरावट आएको छ भने बाँकी सबै समूह सुधारिएको छ ।

कारोबार पनि सोमबार २२१ कम्पनीको १५ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ बराबरको भएको छ। आइतबार १७ अर्ब २ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो ।

सोमबारको कारोबारमा सबैभन्दा धेरै हिस्सा नेपाल पुनर्बीमा कम्पनीको छ । यो कम्पनीको ६२ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रोमा नेपाल इन्फ्रास्टक्चर बैंक । यस बैंकको भने ४६ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।

यो दिन सबैभन्दा धेरै कमाउने कम्पनीहरुमा पोखरा फाइनान्स, सेन्ट्रर फाइनान्स र आइसीएफसि फाइनान्स रहेको छ । यी तीनवटै फाइनान्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ ।

गुमाउने कम्पनीहरुको सूचीको अग्रस्थानमा लक्ष्मी बैंक रहेको छ । बैंकको शेयर मूल्यमा ३.५८ प्रतिशतको गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x