Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

६० देखि ६४ वर्षका नागरिकलाई आजदेखि ‘भेरोसेल’ खोप लगाइँदै

६० देखि ६४ वर्षका नागरिकलाई आजदेखि ‘भेरोसेल’ खोप लगाइँदै

काठमाडौं, २५ जेठ । ६० देखि ६४ वर्षसम्मका नागरिकलाई आज (मंगलवार)देखि कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिँदै छ । गत साता मंगलवार र बुधवार चीनबाट प्राप्त १० लाख ‘भेरोसेल’ खोप सो उमेर समूहका व्यक्तिलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६० देखि ६४ र उपत्यकाबाहिर ६२ देखि ६४ गरी मुलुकभर उक्त उमेर समूहका नागरिकलाई खोप लगाइनेछ ।

काठमाडौं महानगरपालिका, सहरी विकास विभागले जारी गरेको सूचनाअनुसार जेठ २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । त्यसका लागि महानगरका ३२ ओटै वडामा खोप केन्द्र स्थापना गरिएका छन् । खोप बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइने विभागले बताएको छ ।

यसअघि चैत तेस्रो साता चीनबाट ८ लाख डोज खोप नेपाल आएको थियो, जसमध्ये ३ लाख ४४ हजार ७१४ जनालाई दोस्रो मात्रा समेत लगाइसकिएको मन्त्रालयले बताएको छ । करीब ३ प्रतिशत नागरिकलाई भने दोस्रो मात्रा लगाउन छुटेकोमा अहिलेकै चरणमा उनीहरूलाई पनि खोप लगाइने कोभिड १९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. उप्रेतीले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x