Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२ लाख ५६ हजार नाघ्यो कम्पनी दर्ता, दुई तिहाइभन्दा बढी बागमती प्रदेशमा

२ लाख ५६ हजार नाघ्यो कम्पनी दर्ता, दुई तिहाइभन्दा बढी बागमती प्रदेशमा

काठमाडौं, २५ जेठ । नेपालमा कम्पनीको दर्ता संख्या २ लाख ५६ हजार नाघेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयको तथ्यांकलाई आधार मान्दै अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७ का अनुसार कुल कम्पनी दर्ता २ लाख ५६ हजार ४९३ पुगेको छ, जुन गत फागुन महिनासम्मको तथ्यांक हो ।

उक्त अवधिमा दर्ता भएका कुल कम्पनीमध्ये बागमती प्रदेशमा मात्रै दुई तिहाई भन्दा बढी छन् । यो प्रदेशमा १ लाख ८३ हजार ११९ कम्पनी दर्ता भएका छन्, जुन कुल दर्ताको ७१.४ प्रतिशत हो ।

धेरै कम्पनी दर्ता हुने दोस्रोमा प्रदेश १ रहेको छ । उक्त प्रदेशमा १८ हजार ७३७ वटा कम्पनी दर्ता भएका छन्, जुन कुल दर्ताको ७.३ प्रतिशत हो ।

यसैगरी सोही अवधिसम्ममा प्रदेश २ मा १४ हजार ८७१, गण्डकी प्रदेशमा १४ हजार ३९, लुम्बिनी प्रदेशमा १६ हजार ५४९, सुदूरपश्चिम प्रदेशमा ५ हजार कम्पनी दर्तामा छन् । यस्तै कर्णाली प्रदेशमा सबैभन्दा कम ३ हजार १०९ वटा मात्र कम्पनी दर्ता भएका छन्, जुन कुल दर्ता संख्याको १.९ प्रतिशत मात्र हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x