मंगलबार सुन र चाँदीकै मूल्य बढ्यो

काठमाडौं, २५ जेठ । स्थानीय बजारमा मंगलबार (आज) सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ । हिजो ९३ हजार ८०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँ बढाएर १ हजार ३५५ रुपैयाँ तोकिएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *