Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेप्से परिसूचक २९६० विन्दुमा, ७ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो

नेप्से परिसूचक २९६० विन्दुमा, ७ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं, २५ जेठ । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचक ५३.४४ अंकले वृद्धि भएर बन्द भएको छ । हिजोको तुलनामा परिसूचक १.८४ प्रतिशतले वृद्धि भएर २९६०.१४ विन्दुमा रोकिएको हो । यो हालसम्म कै उच्च विन्दु हो । गत आइतबार परिसूचक २९०६ विन्दुमा रोकिएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.४३ प्रतिशतले वृद्धि भएर ५२८.१० विन्दुमा रोकिएको छ ।
२१८ कम्पनीको ३ करोड ५७ लाखभन्दा बढी कित्ता शेयर १६ अर्ब ९५ करोड १२ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

आज ७ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । हिमालयन जनरल इन्स्योरेन्स, गुँरास फाइनान्स लिमिटेड, जानकी फाइनान्स लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स लिमिटेड, सांग्रीला डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री हिस्सा पुनर्बीमा कम्पनी लिमिटेडको रहेको छ । यो कम्पनीको १ अर्ब ६ कराोड ५३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ३ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा होटल तथा पर्यटन समूहको ०.४६ प्रतिशत, लघुवित्त समूहको ०.४५ प्रतिशत र लगानी समूहको ०.८८ प्रतिशत रहेका छन् ।

सर्वाधिक परिसूचक वृद्धि विकास बैंक समूहको भएको छ । यो समूहको परिसूचक ९.०४ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x