Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एसबी सोल्युसनसँगको सहकार्यमा मेगा बैंकले शुरू गर्‍यो ऋण अटोमेसन प्रणाली

एसबी सोल्युसनसँगको सहकार्यमा मेगा बैंकले शुरू गर्‍यो ऋण अटोमेसन प्रणाली

काठमाडौं, २५ जेठ । मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली शुरू गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टरनल ऋण वर्कफ्लो, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने बताइएको छ ।

मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

ऋण अटोमेसन प्रणालीले जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नमा सहयोग पु¥याउने बैंकले बताएको छ । यो नयाँ तरिकले बैंकलाई द्रुतगतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्ने र प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्ने बैंकद्वारा जारी विज्ञप्ति बताइएको छ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको जानकारी दिँदै बैंकले यो स्वायत्त सिस्टम, प्रणालीले सञ्चालित ग्राहकको उद्देश्य मूल्याकनका साथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रूपमा पनि रहेको बताएको छ ।

यो नयाँ प्रणाली कार्यान्वयन भएसँगै बैंक र अन्यत्रका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । बैंकले एसबी सल्युसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्ने बताएको छ, जसले ग्राहकलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टलमार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पु¥याउने उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x