Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

जीडीपीमा कृषिक्षेत्रको योगदान घट्दो, ९ वर्षमा ७ प्रतिशतको संकुचन

जीडीपीमा कृषिक्षेत्रको योगदान घट्दो, ९ वर्षमा ७ प्रतिशतको संकुचन

काठमाडौं, २८ जेठ । ‘कृषि क्षेत्रमा केही हुन सकेन, आत्मनिर्भर बन्ने, आयात प्रतिस्थापन गर्ने रणनीतिक कार्यक्रम भएनन्’ भन्ने गुनासो आम सरोकारवालाहरूको हुने गर्छ । कृषिक्षेत्रको विकास, विस्तार, प्रवद्र्धन र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यसको योगदान बढाउन भन्दै सरकारले ल्याउने हरेक बजेटमा केही नयाँ कार्यक्रम पनि राखिन्छन् भने कतिपय रणनीतिक कार्यक्रमलाई निरन्तरता पनि दिइन्छ । तर सधैंको समस्या एउटै हो । लक्ष्य अनुसार कार्यान्वयन हुन नसक्दा कृषि उत्पादनमा मुलुक आत्मनिर्भर बन्ने परिकल्पना टाढिँदै छ भने यस क्षेत्रले जीडीपमा दिने योगदान समेत वर्षेनि खुम्चिँदै गएको सरकारी तथ्यांकहरूले नै देखाएका छन् ।

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणका अनुसार पछिल्लो ९ वर्षमा जीडीपीमा कृषिक्षेत्रको योगदान ७ प्रतिशतले घटेको छ । उक्त तथ्यांक अनुसार आर्थिक वर्ष २०६८÷६९ मा जीडीपीमा कृषिक्षेत्र (कृषि, वन र मत्स्पालन)को हिस्सा ३२.७ प्रतिशत रहेकोमा घट्दै गएर चालू आर्थिक वर्षमा यो २५.८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जीडीपीमा गत आर्थिक वर्ष यस क्षेत्रको योगदान २६.२१ प्रतिशत रहेको थियो ।

गैरकृषि क्षेत्रमा भएको विस्तारका कारण कृषिक्षेत्रमा आश्रित जनसंख्याका हिस्सा घट्दै गएको छ । सन् २००८ को नेपालको श्रमशक्ति सर्वेक्षण अनुसार कृषि पेशामा आबद्ध जनसंख्या ७३.९ प्रतिशत रहेकोमा २०१८ मा गरिएको श्रमशक्ति सर्वेक्षणले यो ६०.४ प्रतिशतमा झरेको देखाएको छ ।

कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण र उत्पादनको बजारीकरणका लागि भन्दै विभिन्न कार्यक्रम आए पनि ठोस रूपमा कार्यान्वयन नहुँदा कृषिवस्तुको उत्पादन तथा उत्पादकत्व बढ्न सकेको छैन । साथै पर्याप्त मल, औषधि, बीउबीजन, सिँचाइको समस्या कृषकले वर्षेनि खेप्नुपर्ने समस्या हुन् । जनसंख्याको ठूलो हिस्सा ओगट्ने युवा जनशक्तिलाई कृषिमा आकर्षित एवं प्रोत्साहित गर्ने रणनीतिक कार्यक्रम नहुँदा विदेश पलायन बढ्दो छ । यसले कृषियोग्य जमीन समेत बाँझिने क्रम बढेको । साथै बढ्दो अव्यवस्थित शहरीकरणले समेत खेतीयोग्य जमिन मासिँदै गएको छ ।

यी र यस्ता यावत् समस्याले कृषि उत्पादन घट्दै जाँदा जीडीपीमा यस क्षेत्रको योगदान पनि खस्कँदै गएको विज्ञहरू बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x