Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बेथानचोक जेसीजद्वारा बेथानचोक गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

बेथानचोक जेसीजद्वारा बेथानचोक गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

काभ्रे, २८ जेठ । काभ्रेको बेथानचोक जेसीजले बेथानचोक गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। कोभिड–१९ को दोस्रो लहरले पारेको प्रभाव न्युनिकरण तथा रोकथामका लागि बेथानचोक जेसीजका बर्ष २०२१ का अध्यक्ष जेसी हरिकृष्ण दाहालले बेथानचोक गाउँपालिका प्रमुख प्रेम बहादुर तिमल्सिनालाई स्वास्थ्य सामाग्री मास्क, पिपिई सेट, सेनिटाईजर हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा अध्यक्ष दाहालले कोभिड–१९ ले मानव जगतकै लागि गम्भिर संकट खडा गरेको भन्दै त्यसको नियन्त्रण र यसबाट उत्पन्न क्षतिकम गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न पनि आह्वान गरे ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र भण्डारी , बेथानचोक जेसिजका संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिना निवर्तमान अध्यक्ष राजेश तिमल्सिना, समाजसेवी शेर बहादुर खत्री,युवा व्यवसायी डिगमान लामा, हातेमालो युवा समाजका अध्यक्ष विनोद तिमल्सिना, माउन्ट महाभारत होमस्टेका अध्यक्ष कमल नेपाल लगायत जेसीजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बेथानचोक जेसीजले स्थानीय सरकारसँगको सहकार्यमा सामाजिक सेवा एवम् युवाहरुको नेतृत्व विकास लगायतका विभिन्न कार्यहरु गर्दै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x