Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल फाइनान्सद्वारा ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

नेपाल फाइनान्सद्वारा ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

काठमाडौं, २८ जेठ । नेपाल फाइनान्स लिमिटेडको विशेष साधारण सभाले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाको केन्द्रीय कार्यालय कमलादीमा आज भर्चुअल माध्यमबाट आयोजना गरिएको विशेष साधारण सभाले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको हो ।

प्राप्ति गरिसकेपछि संस्थाको प्रबन्धपत्र तथा नियमावलिमा आवश्यक संशोधन, हेरफेर तथा उपयुक्त ब्यवस्था गर्न र नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम लगत कट्टा, आबश्यक संसोधन÷परिमार्जन लगायतका कागजातहरु तयार गर्ने विवरण उपलब्ध गर्न गराउन लगायतका कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गरिएको छ ।

उक्त सभामा शेयरधनीहरुले समस्याग्रस्तबाट फूकुवा भएको छोटो समयमा नै संस्थाले खराब कर्जा असूलिमा उल्लेखनीय प्रगती गरेको, शाखा सञ्जाल बिस्तार गरेको, ललितपुर फाइनान्सलाई प्राप्ति गर्न सफल भएको बताएका थिए ।

यसैबीच, ललितपुर फाइनान्स लिमिटेडको विशेष साधारण सभा पनि आजै सम्पन्न भएको छ । केन्द्रीय कार्यालय लगनखेल ललितपुरमा विशेष साधारण सभा सम्पन्न भएको हो । उक्त विशेष साधारण सभाबाट नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x