Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेको संख्या ४४ लाखभन्दा बढी

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेको संख्या ४४ लाखभन्दा बढी

काठमाडौं, २९ जेठ । नेपालबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने कामदारको संख्या साढे ४४ लाखभन्दा बढी पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपानीको संख्या ४४ लाख ६६ हजार ९७३ रहेको छ ।

विभागको तथ्यांक अनुसार सो अवधिसम्ममा वैदेशिक रोजगारीमा जानेमध्ये पुरुषको संख्या ४२ लाख ४८ हजार ५२७ रहेको छ भने महिलाको संख्या २१ लाख १८ हजार ४२६ रहेको छ ।

चालू आवको फागुनसम्ममा मात्रै वैदेशिक रोजगारीमा जाने कामदार भने ३३ हजार १६१ जना छन् । यसमध्ये पुरुष २९ हजार ६० र महिला ४ हजार १०१ जना रहेका छन् ।

हालसम्म वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमध्ये मलेशियामा सबैभन्दा बढी १२ लाख ५८ हजार ६२९ जना गएका छन् । यस्तै दोस्रो प्रमुख गन्तव्य कतारमा १२ लाख ५ हजार ९८ र तेस्रो स्थानमा रहेको साउदी अरब जानेको संख्या ९ लाख ३४ हजार ४११ रहेको छ ।

नेपाली श्रमिक रोजगारीका लागि जाने उक्त मुलुकबाहेक अन्य प्रमुखत गन्तव्यहरूमा युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया, लेबनान, इजरायल, अफगानिस्तान र जापान रहेका छन् ।

कोभिडको दोस्रो लहर, निषेधाज्ञा लगायत कारण पछिल्लो महिना भने वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या घटेको छ । विभागका अनुसार गत चैत महिनामा वैदेशिक रोजगारीका लागि १५ हजार ५२६ जनाले श्रम स्वीकृति लिएकोमा वैशाखमा भने यो संख्या १२ हजार ५३७ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *