Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

वैदेशिक सहायता प्रतिबद्धता रू. २ खर्ब नजिक, सडक र ऊर्जामा प्राथमिकता

वैदेशिक सहायता प्रतिबद्धता रू. २ खर्ब नजिक, सडक र ऊर्जामा प्राथमिकता

काठमाडौं, २९ जेठ । नेपाललाई प्राप्त हुने वैदेशिक सहायता प्रतिबद्धता रकम एक वर्षमै ८० अर्बभन्दा धेरैले वृद्धि भएर झण्डै २ खर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपाललाई १ खर्ब ९९ अर्ब ९१ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७.६ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपाललाई १ खर्ब १९ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको थियो ।

चालू आवको चैतसम्ममा आएको वैदेशिक सहायता प्रतिबद्धता रकम सडक र ऊर्जाक्षेत्रका लागि सबैभन्दा धेरै छ, जसअनुसार सडकमा ५४ अर्ब रुपैयाँ र ऊर्जा क्षेत्रका लागि ४६ अर्ब २६ करोड रुपैयाँ बराबर रहेको छ । वैदेशिक सहायता प्रतिबद्धताको तेस्रो प्राथमिकतामा शहरी विकार र क्षमता अभिवृद्धि रहको छ । यी दुई क्षेत्रमा समान १७ अर्ब ७६ करोड रुपैयाँको प्रतिबद्धता आएको छ ।

समीक्षा अवधिमा आएको कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये ऋण र अनुदानको हिस्सा क्रमशः ९०.१ र ९.९ प्रतिशत रहेको छ । यस्तै द्विपक्षीय र बहुपक्षीय सहायताको अंश क्रमशः ३.५ र ९६.५ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x