सुनको मूल्य तोलाको छ सय रुपैयाँ घट्यो

काठमाडौं, ३० जेठ । आइतवार सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँ कायम भएको छ।

शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँ कायम भएको छ। शुक्रबार यसको मूल्य तोलाको ९४ हजार रुपैयाँ थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । १ हजार तीन यस ७० रुपैयाँ कामय भएको छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *