Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

रसुवागढी नाकाबाट स्वास्थ्य सामग्रीको आयात सहज

रसुवागढी नाकाबाट स्वास्थ्य सामग्रीको आयात सहज

रसुवा, ३० जेठ । रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर, स्यानिटाइजर, मास्क लगायत स्वास्थ्य सामग्री सहज रूपमा आयात भइरहेको रसुवा भन्सार कार्यालयले बताएको छ । चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको १ हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले बताएको हो ।

कोभिड–१९ को संक्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट स्वास्थ्य सामग्री आयात गरिरहेका छन् । कोभिडको दोस्रो लहरको संक्रमण बढेपछि वैशाखदेखि हालसम्म निजी क्षेत्रका व्यापारी व्यवसायीले करिब १० हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्र्याइसकेकोको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

स्वास्थ्य उपचारका लागि आयात गरिएका कुनै पनि माल सामग्री चीनको उत्पादक कम्पनीबाट रसुवागढीको मितेरी पुल पुग्नासाथ तुरून्तै भन्सार प्रक्रिया पूरा गरी काठमाडौं पठाउने कामलाई पहिलो प्राथमिकता दिइएको भन्सार कार्यालयका कर्मचारीले बताएका छन् ।

कोरोना संक्रमणको असरले बिहानको समयमा मात्र सामग्री आयात हुने गरे पनि चिनियाँ भन्सार कार्यालयका कर्मचारीसँग आफ्नो सद्भावपूर्ण सम्बन्धका कारण स्वास्थ्य सामग्री बोकी आएका सवारी साधन बिहानदेखि साँझसम्म नेपाल भित्रिने वातावरण बनाइएको प्रमुख भन्सार अधिकृत रेग्मीको भनाइ छ । उनका अनुसार चीनबाट दैनिक सातवटा चिनियाँ ठूला कन्टेनरद्वारा नियमित सामग्री आयात भइरहेको छ ।

आयात भएका अन्य सामग्रीमा ओखर, लसुन, अदुवाका साथै तयारी पोशाक, नेपालमा निर्माणाधीन विद्युत्का सामग्री, जुत्ताचप्पलजस्ता विविध मालवस्तु छन् । गत वैशाख तथा यही जेठ महिनाको २९ गतेसम्म करिब ७० करोड भन्सार राजस्व असुली भएको कार्यालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x