अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएकाहरुलाई खोप उपलब्ध गराउँन महासंघको आग्रह

काठमाडौं, २ असार । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सहितको प्रतिनिधिमण्डलले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक, कामदार र कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । स्वास्थ्यमन्त्री शेर बहादुर तामाङ्ग समक्ष मन्त्रालयमा भेट गरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीले निषेधाज्ञा र बन्दाबन्दीका समयमा अग्रभागमा रहेर उपभोग्य वस्तुहरूको निर्वाध उत्पादन र वितरणका लागि काम गरिरहेकाले यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न प्रतिनिधिमण्डलले माग गरेको हो ।

त्यस्तै कोभिड १९ को महामारी र त्यसको नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा र वन्दावन्दीका समयमा पनि उद्यमी व्यवसायीले निर्वाध रुपमा उत्पादन र आपूर्ति व्यवस्थापनमा काम गरेको बताइएको छ ।

महासंघसंगको भेटवार्तामा मन्त्री तामाङ्गले अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी र यस क्षेत्रमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीहरूलाई पहिलो प्राथमिकतामा राखेर कोभिड विरुद्धको खोप उपलव्ध गराउने प्रतिवद्धता जनानाए । कोभिडले समग्र अर्थतन्त्रनै जर्जर बनाएकाले अर्थतन्त्रलाई तत्काल तङग्रने वातावरण बनाउन यस क्षेत्रमा जोडिएका सबैलाई खोप दिई काममा फर्काउन जरूरी भएको कुरालाई सरकारले मनन गरिसकेका मन्त्री तामाङले बताए । उनले उद्योग व्यवसायसँग प्रत्यक्ष जोडिएका जनशक्तिलाई खोप लगाउन आफूले पहिलो प्राथमिकता दिएर जाने विश्वास दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *