Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

वार्षिक लक्ष्यको ८० प्रतिशत नाघ्यो राजस्व संकलन

वार्षिक लक्ष्यको ८० प्रतिशत नाघ्यो राजस्व संकलन

काठमाडौं, २ असार । चालू आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदा सरकारको राजस्व संकलन लक्ष्यको ८० प्रतिशत नाघेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आवको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा वार्षिक राजस्व संकलन लक्ष्यको ८०.२० प्रतिशत पुगेको हो ।

सरकारले चालू आर्थिक वर्षमा कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा ११ महिनामा ८ खर्ब १२ अर्ब ३५ करोड ३० लाख रुपैयाँ प्राप्ति भएको हो ।

उक्त अवधिमा संकलित कुल राजस्वमध्ये करतर्फ वार्षिक लक्ष्यको ८३ प्रतिशत हासिल भएको छ । कर राजस्वको लक्ष्य ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ रहेकोमा उक्त अवधिमा ७ खर्ब ५८ अर्ब ३७ करोड ५६ लाख असुली भएको हो ।

यसैगरी गैरकर राजस्वतर्फ चालू आवको वार्षिक लक्ष्य ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँ रहेकोमा ११ महिनामा ५३ अर्ब ९७ करोड ७४ लाख संकलन भएको छ । सोही अवधिमा अनुदानतर्फ सरकारलाई १० अर्ब ५ करोड ५४ लाख प्राप्त भएको छ । चालू आवमा सरकारले अनुदानतर्फ ६० अर्ब ५२ करोड ७७ लाख रुपैयाँ प्राप्तिको लक्ष्य राखेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x