Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

उद्योगी–व्यवसायीलाइ कोरोना विरुद्धको खोप उपलब्ध गराउन चेम्बरको माग

उद्योगी–व्यवसायीलाइ कोरोना विरुद्धको खोप उपलब्ध गराउन चेम्बरको माग

काठमाडौं, २ असार । नेपाल चेम्बर अफ कमर्सले उद्योगी–व्यवसायीहरुलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड(१९) विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । नयां भेरियण्टको कोभीड–१९ को दोश्रो चरणको महामारीले समस्त उद्योगी तथा व्यवसायीहरुलाइ आक्रान्त तुल्याएको भन्दै चेम्बरले समयमै कोरोना बिरुद्धको भ्याक्सीन उपलब्ध नभएकोले अग्रपंक्तीमा कार्यरत समस्त व्यवसायीक क्षेत्रको आत्मवलमा ह्रास आएको जनाएको छ ।

अहिले लकडाउन भइ अधिकांश व्यवसायहरु वन्द अवस्थामा रहेका छन । अर्को तर्फ कोरोना बिरुद्धको भ्याक्सीन उपलब्ध नभएकोले यसबाट उत्पन्न बिषम परिस्थितिका कारण उद्योग व्यवसाय संचालन गर्न समेत चुनौतिपूर्ण अवस्था सृजना हुन गएको चेम्बरको भनाई छ ।

यो अवस्थामा उद्योग तथा व्यवसाय संचालनका सिलसिलामा अग्रपंक्तीमा रही कार्यरत रहनुपर्ने भएकोले समग्र निजी क्षेत्र, जोखिमयुक्त वर्गमा पर्ने भएको हुंदा चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु ,चेम्वरसंग आवद्ध रहेका वस्तुगत संघ, आवद्ध संघ, द्धिराष्ट्रिय व्यापार संघ, प्रदेश, जिल्ला तथा नगर स्तरीय चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु, चेम्वर अन्तरगत गठित केन्द्र तथा जिल्ला अन्तरगत गठित महिला चेम्वरका पदाधिकारी तथा सदस्यहरु तथा चेम्वर अन्तरगतका समस्त किराना व्यवसायीहरु उद्योगीहरु एवम उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदूरलाइ दुवै चरणको खोपको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x