Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

धितोपत्र बोर्डको विज्ञप्तिको प्रभाव शेयर बजारमा, अधिकांश कम्पनीको मूल्यमा गिरावट

धितोपत्र बोर्डको विज्ञप्तिको प्रभाव शेयर बजारमा, अधिकांश कम्पनीको मूल्यमा गिरावट

काठमाडौं, २ असार । बुधबार शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै उतारचढाव देखिएको बजार अन्तमा ५२.४१ अंकले घटेर २९६९.६९ विन्दुमा झरेको छ ।

नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्ति नै शेयर बजार घटाउने मुख्य कारक बनेको जानकार बताउछन् । बोर्डले ५१ वटा कम्पनी लगानीका लागि असुरक्षित रहेको भन्दै विज्ञप्ति निकालेपछि आमलगानीकर्ताको मनोबल कमजोर भएको छ ।

कोरोबारमा आएका १३ समूह मध्ये माइक्रोफाइनान्स बाहेक अरु सबै समूहमा गिरावाट आएपछि समग्रमा परिसूचक घटेको हो । पछिल्ला दिनहरुमा निकै उचालिएको हाइड्रोपावर, फाइनान्स लगायतका कम्पनीहरुको शेयर मूल्य निकै घटेको छ। गोर्खा फाइनान्स, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स, नेशनल हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर लगायतका कम्पनीको शेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीको गिरावट छ ।

यस्तै कारोबार भने २ सय १९ कम्पनीको १५ अर्ब ४८ करोड ८४ लाख रुपैयाँ बराबरको भएको छ। कारोबारमा सबैभन्दा धेरै हिस्सा नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । यो कम्पनीको ६० करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x