Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

होटल संघद्वारा तलबमान लागु नगर्न आग्रह

होटल संघद्वारा तलबमान लागु नगर्न आग्रह

काठमाडौं, २ असार । होटल संघ नेपालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमलप्रसाद श्रीवास्तवसँग सरकारले लागु गरेको तलबमान होटल उद्योगमा लागु नगर्न आग्रह गरेको छ । श्रममन्त्री श्रीवास्तवसँग बुधबार (आज) भेट गर्दै संघका अध्यक्ष सृजना राणा र प्रथम उपाध्यक्ष विनायक शाहले कोभिड–१९ को कारण नराम्रोसँग थला परेको पर्यटन क्षेत्रमा सरकारले राजपत्रमा व्यवस्था गरेबमोजिम तलवमान लागु नगर्न आग्रह गरेका हुन् ।

होटल उद्योगको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यो समयमा तलबमान वृद्धि नगर्न विभिन्न वैठकहरुमा सुझाव राखी सहमत भएपनि नयाँ तलबमान वृद्धिमा होटल उद्योगलाई पनि एउटै समूहमा राखिएकोमा संघको आपत्ति छ । नेपाल राजपत्रमा प्रकाशित श्रमिकहरुको नयाँ तलबमान होटल क्षेत्रमा तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था नभएकोले लागू नगर्न पनि संघको माग छ ।
त्यस्तै होटलको स्तर अनुसार विभिन्न परिमाणको तलबमान तोकिएकोले न्यूनतम तलबमान भुक्तान गर्न नसकिएको हुँदा सामाजिक सुरक्षा कोषमा सम्झौतामा तोकिएको रकमको आधारमा रकम जम्मा गर्न पाउने व्यवस्थाका लागि पनि अनुरोध गरिएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटमा जेठ र असार महिनाको योगदान सरकारको तर्फबाट व्यहोर्ने घोषणा भए तापनि वर्तमान अवस्थालाई ध्यानमा राखी अति प्रभावित होटल उद्योगलाई मन्त्रालयको पहलमा थप सहयोग र अन्य सुविधा उपलब्ध गराई सामाजिक सुरक्षा कोषप्रति आकर्षण अभिवृद्धि गर्न फरक नीति अवलम्बन गरिदिनु पर्ने संघको भनाई छ ।

सामाजिक सुरक्षा कोषमा आवद्ध होटल उद्योगका श्रमिकहरुको निरन्तर योगदान हुन नसकेको यो अवस्थामा स्वास्थ्य सहायता तथा अन्य सुविधाहरुबाट वञ्चित नहुने गरी होटल उद्योगलाई अतिप्रभावित क्षेत्र मानी राज्यबाट कानुनमा जे जस्तो व्यवस्था भए तापनि संक्रमणकालिन अवस्था र विषम परिस्थितिलाई आधार मानी आवश्यक संशोधनमार्फत नीतिगत सहयोग र सहजिकरण गर्न पनि माग गरिपएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x