महंगो भयो सुन, यो वर्षको सबैभन्दा महंगो मुल्य आज

काठमाडौं, ११ चैत्र । स्थानिय बजारमा सुन महंगिएको छ । यो वर्षको सबैभन्दा बढि मुल्यमा आज आइतबार स्थानिय बजारमा सुनको कारोबार भएको छ ।

स्थानिय बजारमा छापावाला सुनको मुल्य प्रति तोला ५८ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघको अनुसार सुनको प्रति तोला कायम भएको आजको मुल्य यो वर्षको सबैभन्दा बढि मुल्य हो । यस्तै तेजावी सुनको मुल्य प्रतितोला ५८ हजार दुई सय रुपैयाँ रहेको छ । गत शुक्रबारको तुलनामा सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो । गत शुक्रबार सुन प्रतितोला ५८ हजार तिन सय रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको वृद्धिको कारण स्थानिय बजारमा यसको प्रभाव परेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा वृद्धि आउँदा स्थानिय बजारमा समेत मुल्य बढ्ने हुन्छ । कच्चा तेलको मुल्यमा आएको वृद्धिको कारण सुनको मुल्यलाई बढाउन थप उर्जा थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *