Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विकास निर्माणको काम सुस्त, नौ महिनामा बिनियोजित बजेटको एक चौथाई मात्र खर्च

विकास निर्माणको काम सुस्त, नौ महिनामा बिनियोजित बजेटको एक चौथाई मात्र खर्च

काठमाडौं, ११ चैत । चालु आर्थिक वर्षमा पनि विकास निर्माणका लागि छुट्याइएको बजेट सन्तोषजनक रुपमा खर्च हुन सकेको छैन । सरकारले चालु आर्थिक वर्षका लागि ३ खर्व ३५ अर्व १७ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा चैत ९ गते सम्मको अवधीमा ९९ अर्व ५२ करोड रुपैयाँ मात्र खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यो रकम कुल बजेटको २९.६९ प्रतिशत हो ।

चालु आर्थिक वर्षको बजेटको अर्धबार्षिक समिक्षा गर्दै अर्थ मन्त्रालयले यो वर्ष २ खर्व ३४ अर्व रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य लिएको छ । यो वर्ष स्थानीय, प्रदेश र केन्द्र गरि तीन तहको निर्वाचन सम्पन्न भयो । जसको कारण पनि विकास निर्माणको बजेट सन्तोषजनक रुपमा हुन नसकेको अर्थविद् केशव आचार्यको विश्लेषण छ । ‘यो वर्ष मुलुक निर्वाचनमय बन्यो राजनीतिक दल, प्रशासन र जनता सबै निर्वाचनमा होमिए जसले गर्दा विकास निर्माणको कामले गति लिन सकेन, उनले भने तर अव भने हामी सबैको ध्यान विकास निर्माणमा जान जरुरी छ । कामको गतिलाई बढाउन आवश्यक छ ।’
मुलुक नयाँ स्वरुपमा गएसँगै जनतामा समेत विकासको चाहना बढेकाले नयाँ नेतृत्वले विकासको आकांक्षालाई सम्बोधन गर्नुपर्ने आचार्यको भनाई छ ।

सरकारले मुख्य प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको राष्ट्रिय गौरवको आयोजनामा पनि खर्च ज्यादै न्यून छ। राष्ट्रिय गौरवका आयोजनालाई यस वर्ष ६३ अर्व ७० करोड ५४ लाख रुपैयाँ बजेट बिनियोजन गरिएकोमा ६ महिनाको अवधीमा १२ अर्व ५ करोड ३५ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x