नेपाल क्रेडिट एण्ड कमर्स बंैकको संस्थापक शेयर बिक्रीमा, प्रति शेयर न्यूनतम मूल्य १४०

काठमाडौं, ४ असार । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बंैक लिमिटेडको संस्थापक समूहको ९ लाख कित्ता शेयर बिक्री हुने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. १४० रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ, संस्था तथा व्यक्तिहरुले असार २ गतेदेखि १६ गतेसम्ममा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *