Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

कोभिडकै बीच पर्यटन क्षेत्रमा बढ्यो वैदेशिक लगानी प्रतिबद्धता

कोभिडकै बीच पर्यटन क्षेत्रमा बढ्यो वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं, ४ असार । कोभिड महामारीकै बीच मुलुकको पर्यटन क्षेत्रमा आएको वैदेशिक लगानी प्रतिबद्धता उत्साहजनक रहेको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा मुलुकका विभिन्न शीर्षकमा आएको वैदेशिक लगानी प्रतिबद्धता रकममध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा रहेको छ ।

विभागका अनुसार जेठ मसान्तसम्ममा पर्यटनमूलक उद्योगका लागि विदेशी लगानीकर्ताले १५ अर्ब ९३ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गराएका छन्, गत आवको सोही अवधिको तुलनामा ४२.६३ प्रतिशतले बढी हो । गत आवको ११ महिनामा पर्यटन क्षेत्रमा स्वीकृत भएको वैदेशिक लगानी रकम ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

चालू आवको जेठ मसान्तसम्ममा स्वीकृत भएको वैदेशिक लगानीमध्ये पर्यटनपछि क्रमशः सेवा, उत्पादन, सूचना प्रविधि, कृषि तथा वनजन्य, ऊर्जामूलक उद्योगमा धेरै रहेको छ, जसअनुसार सेवाक्षेत्रमा ५ अर्ब ५३ करोड ५० लाख, उत्पादनतर्फ २ अर्ब ८३ करोड ५६ लाख, सूचना प्रविधिमा १ अर्ब ३ करोड, कृषि तथा वनजन्य उद्योगमा ५६ करोड र ऊर्जाका उद्योगमा १२ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x