Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से परिसूचक ६३ अंकले घटेर २९०५ विन्दुमा

नेप्से परिसूचक ६३ अंकले घटेर २९०५ विन्दुमा

काठमाडौं, ६ असार । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक ६३.११ अंकले घटेर बन्द भएको छ । गत कारोबार दिनको तुलनामा नेप्से परिसूचक २.१३ प्रतिशतले घटेर २९०५.३२ विन्दुमा रोकिएको हो ।

आज २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजारभन्दा बढी कित्ता शेयर ११ अर्ब ८१ करोड ९४लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सार्वाधिक शेयर मूल्य वृद्धि गोरखाज फाइनान्स लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य ५.४१ प्रतिशतले वृद्धि भएर १ हजार ३२४ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ८० करोड ९९ लाख ९९ हजार रुपैयाँको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १८७७ रुपैयाँ कायम भएको छ ।
आज कारोबारमा आएका सबै समूहको परसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x