Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

उत्तरी दुई नाका ठप्प हुँदा अत्यावश्यक वस्तुको आयात प्रभावित

उत्तरी दुई नाका ठप्प हुँदा अत्यावश्यक वस्तुको आयात प्रभावित

काठमाडौं, ६ असार । अविरल वर्षापछि आएको बाढीपहिरोले पुल तथा सडक भत्कँदा नेपालका उत्तरी प्रमुख दुई नाका ठप्प भएका छन् । चीनसँगका दुई प्रमुख नाका रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा स्वास्थ्य सामग्रीका साथै अन्य अत्यावश्यक वस्तुको आयात प्रभावित हुन पुगको छ ।

शुक्रवार बेलुकीको अविरल वर्षाले सिन्धुपाल्चोकबाट चीन जोड्ने तातोपानी नाका क्षेत्रको (२६ किलोमिटर) लार्चा, कोदारी खण्डसहित लिपिङ पुल कटानमा गरेको थियो । मालवाहक सवारीसाधन मात्र सञ्चालनमा आइरहेको तातोपानी नाका शनिवार बिहानदेखि सडक र पुलकै जोखिमका कारण ठप्प भएको हो ।

सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भासिँदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका साथै काठमाडौं बाहिरका लागि ल्याइएको ८ वटा अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ । मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भासिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौं ल्याउन नसकिएको आयातकर्ता विध म्यानेजमेन्टले बताएको छ ।

यसैगरी नेपाल–चीन प्रवेशका लागि धुन्चे स्याफ्रू सडकखण्ड अन्तर्गत छोटो दूरीको रसुवागढी नाका विभिन्न स्थानमा गएको पहिरोका कारण २ दिनदेखि ठप्प भएको छ । त्रिदेशीय साना गाडी मात्र सञ्चालन भइरहेको मार्गका रूपमा रहेको रसुवागढी छ ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक यसअघि, ब्लास्टिङ गरेर ठूलो ढुंगा नाका रसुवागढी जोड्ने सडक फुटाइएको भए पनि हटाउने काम दुई बिहीवारदेखि अवरुद्ध भएको प्रहरीले बताएको छ । उक्त नाकाबाट विशेषगरी कोभिड प्रतिकार्यमा स्वास्थ्य सामग्री आयात हुँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x